Logo
Logo

एमाले भएका झपट बोहोराको पद गयो


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य झपटबहादुर बोहोरा पदमुक्त भएका छन् । माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेका बोहोरलाई सुदूरपश्चितम प्रदेश माओवादी केन्द्रले कारवाही गरेको हो ।

सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख अर्जुन थापाले कारवाहीको पत्र पढेर सुनाएपछि बोहोरा पदमुक्त भएका हुन् ।

सभामुख थापाले संविधानको धारा १८०, राजनीतिक दलसम्बन्धी ऐन र प्रदेशसभा नियमावली २०७४ बमोजिम बोहोरा प्रदेशसभा सदस्य नरहेको जानकारी गराएका हुन् ।माओवादी केन्द्रका सांसद बोहोरा हालै एमालेमा प्रवेश गरेका थिए ।

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार बोहोरालाई कारवाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए । उनले चैत ३१ को केन्द्रीय कमिटी बैठकबाटै बोहोरामाथि कारवाहीको निर्णय भएको बताए ।

बोहोरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले चैत २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

बोहोराले जवाफ नदिएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारवाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्