Logo
Logo
ओलीको राजनीतिक प्रतिवेदन

माओवादीलाई ओलीको संगीन आरोप, एमाले फुटाउन खोजेको दस्तावेजमा उल्लेख


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी एमाले फुटाउन लागिपरेको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै माओवादी केन्द्र एमाले फुटाउन उद्दत रहेको आरोप लगाएका हुन् ।

फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीबाट ओलीलाई विस्थावन गर्ने र नेकपा (एमाले) लाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित रहेको ओलीको निष्कर्ष छ । माओवादी केन्द्र वाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउन उद्यत रहेको समेत भनिएको छ ।

‘ऊ विदेशी शक्तिका लागि कम्फर्टेबल सरकार बनाउन तयार छ । प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरूको ढोकामा पुग्छ । आफू नेकपा (एमाले) समेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेताहरूलाई कारबाही गर्छ । बेलाबेलामा प्रचण्डबाट प्रकट हुने ‘अर्को जनयुद्ध, अर्को विद्रोहका अभिव्यक्ति हताशाका अभिव्यक्तिबाहेक केही होइनन्,” प्रतिवेदनमा भनिएको छ ।

जातीय–क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभीष्ट पूरा गर्ने र प्रत्येक राजनीतिक दलहरूभित्र विभाजन ल्याउने माओवादी केन्द्र केन्द्रित रहेको निचोड ओलीले निकालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्