Logo
Logo

रात्रिकालिन व्यवसाय आठ बजेपछि बन्द गर्ने निर्णयले व्यवसायी आक्राशित


दृष्टि संवाददाता


काठमाडौं । दोहोरी साँझ र रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले दोहोरी साँझ र रात्रिकालिन व्यवसाय संचालन गर्न समय तोकेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले भिडभाड हुने क्षेत्र पहिचान नै नगरि दोहोरी साँझ र रात्रिकालिन व्यवसाय संचालनमा कडाई गरेको भन्दै आपत्ती जनाएका हुन् ।

सरकारले व्यवसायीको घर भाडा, यस क्षेत्रमा लगानी गरेको एक हजार भन्दा बढि लगानीकर्ताको लगानी सुुनिश्चितता तथा यस क्षेत्रमा कार्यरत सतरी हजार भन्दा बढि प्रत्यक्ष तथा अप्रत्यक्ष श्रमिकको रोजीरोटीको व्यवस्थापन गर्नुपर्ने समितिको भनाई छ । त्यस्तै सरकारले गरेको बिभेदपूर्ण निर्णय मान्य नहुने चेतावनी उनीहरुले दिएका छन् ।

सरकारले बल प्रयोग गरि व्यवसाय बन्द गराउन खोजिएका प्रतिकारमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्