Logo
Logo

क्रियाशील सदस्यता बुझाउने म्याद वैशाख १५ सम्म थप्ने कांग्रेसको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता बुझाउने म्याद अन्तिम पटकका लागि थप गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता बुझाउने म्याद वैशाख १५ गतेसम्मका लाथि थप गर्ने निर्णय गरेको हो ।

पटकपटक समयभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण प्राप्त हुन नसकेपछि म्याद थप गरिएको नेता रमेश लेखकले जानकारी दिए ।

उनले हालसम्म नविकरण र नयाँ गरि ६ लाख ५ हजार ४०३ वटा इन्ट्री भएको जानकारी दिए । अव बैशाख १५ मध्यारातीदेखि इन्ट्री हुने काम बन्द गरिने जानकारी दिए ।

त्यस्तै नयाँ क्रियाशील सदस्यताको सूची क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी सम्पूर्ण कागजात वैशाख १७ गते बेलुका ५ बजेसम्म केन्द्रमा पठाइसक्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्वुमा प्राविधिक कारणबस क्रियाशिल सदस्यता सुरु गर्ने काम ढिलाई भएको भन्दै सो जिल्लामा केहि समय थप गर्ने निर्णउ गरिएको लेखकले बताए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल नभई दुई दिनका लागि स्थगित भएको छ । सोमबारको बैठकमा क्रियाशील सदस्यता विवादका बारेमा छलफल भएको नेता लेखकले बताए ।

 

प्रतिक्रिया दिनुहोस्