Logo
Logo
ओलीको राजनीतिक प्रतिवेदन :

प्रचण्ड र माधव नेपालका कारण नेकपा सकिएको ओलीको आरोप (पूर्णपाठ)


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालका कारण नेकपा सकिएको आरोप लगाएका छन् । सोमबार देखि सुरु भएको १० औ महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले नेकपा सकिनुको दोष प्रचण्ड र नेपाललाई दिएका हुन् ।

प्रतिवेदनमा ओलीले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि पार्टी एक बनाउन तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको दावी गरेका छन् । तर, प्रचण्ड त्यसमा इमान्दार नबन्दा त्यो सम्भवना पनि टरेको उनको भनाइ छ ।

अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको उल्लेख गर्दै ओलीले त्यसअघि नै पार्टीमा समस्या उत्पन्न भइसकेको दावी प्रतिवेदनमा गरेका छन् । ‘अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अदालतले फैसलाभन्दा अगाडिदेखि नै गम्भीर संकट उत्पन्न भएर अधुरै रहेको एकीकरण प्रक्रियालाई अदालतको फैसलाले कानुनी हिसाबले अन्त्य गरिदिएको छ ।’

नेकपा निर्माण र यसको अन्त्यबारे समीक्षा गर्दै प्रतिवेदनमा ओलीले प्रचण्डको अवसरवादी र अस्थिर भूमिकाको कारण त्यो एकता असफल भएको आरोप लगाएका छन् ।

ओलीले माधव नेपाल लगायतका नेताहरु पनि पार्टी विभाजनको कारक रहेको उल्लेख गरेका छन् । ‘माधव नेपाल लगायत नेकपा एमालेका केही नेताहरूको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ ।’ उनको आरोप छ,

यद्यपि, प्रतिवेदनमा आगामी दिनमा पनि एकताको प्रयास जारी राख्ने भनिएको छ ।

ओलीको राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्