Logo
Logo

माधव-झलनाथ समूहले बोलायो आकस्मिक बैठक


दृष्टि संवाददाता


काठमडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने धम्की दिएपछि माधव–झलनाथ समूहले आकस्मिक बैठक बोलाएको छ । नेता भीम रावलका अनुसार नयाँ बानेश्वरस्थित अर्याल होटेल उक्त समूहको बैठक सुरु भएको हो ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण चित्तबुझ्दो नआए निस्कासन गर्नसक्ने गर्न सकिने भन्दै धम्कीपूर्ण पत्र पठाइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्