Logo
Logo

एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्छाैँ : रामकुमारी झाँक्री


दृष्टि संवाददाता


काठमाडौं । माधव–झलनाथ समूहकी सांसद् रामकुमारी झाँक्रीले नेकपा एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्ने बताएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको स्पष्टीकरणको पत्र आएलगत्तै नेपाल पक्षका सांसद मंगलबार अपरान्ह बानेश्वरमा छलफलमा जुटेका थिए ।

उक्त छलफलमा सहभागी माधव पक्षकी सांसद रामकुमारी झाँक्रीले आफूहरूले दल त्याग नगरेको र नेकपा एमालेमै रहेकोले स्पष्टीकरण सोध्ने आधार नभएको बताइन् ।

उनले आफूहरू एकताकै पक्षमा भएको र एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्ने बताइ । ‘हामी एकताका पक्षमा छौं। पार्टीभित्रै एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्छौं,’ पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘उहाँ पार्टी विधानविरूद्ध लाग्नुभयो। त्यसको विरोध गर्दा हामीलाई स्पष्टीकरण सोध्नेरु हामी कानूनीरूपमा प्रतिवाद गर्छौं।’

व्यक्तिगत रूपमा नै चिठी काटेर स्पष्टीकरण सोधिएकोले जवाफ पनि व्यक्तिगत रूपमा नै दिइने उनले बताइन् ।

एमाले अध्यक्ष ओलीले कारबाही गर्ने धम्की दिएपछि माधव–झलनाथ समूहले आकस्मिक बैठक बसेको हो ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नआए निस्कासन गर्नसक्ने गर्न सकिने भन्दै धम्कीपूर्ण पत्र पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्