Logo
Logo

कांग्रेसले प्रदेश २ को नाममा ‘मिथिला-भोजपुरा’ राख्ने प्रस्ताव गर्ने


दृष्टि संवाददाता


जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को प्रदेशसभामा नाम ‘मिथिला–भोजपुरा’ राख्ने प्रस्ताव गर्ने भएको छ । बुधबार प्रदेशसभा सचिवालय बैठक बसेर प्रस्ताव दर्ता गराउने आफूहरूको तयारी रहेको नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए ।

नेता यादवले बैठकबाट निश्कर्ष निस्के बुधबार नै वा नभए ९ गते प्रस्ताव दर्ता गराउने बताए । उनले भने, ‘हामी अहिले पनि पुरानो स्ट्याण्ड कायमै छ, प्रदेशको नाम मिथिला–भोजपुरा नै प्रस्तावमा दर्ता गराउने हाम्रो तयारी छ ।’ प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै प्रस्तावमा दर्ता गराउने पनि उनले जानकारी दिए ।

यसअघि गत ५ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएका थिए । दुवै दलले प्रदेशको नाम ‘मधेश’ प्रदेश प्रस्ताव दर्ता गराएका थिए।

स्थायी राजधानीमा सत्तारूढ जसपाले जनकपुरधामसहित उत्तरतर्फ पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा मार्गभित्रको क्षेत्रलाई प्रस्ताव दर्ता गराएको थियो।

माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रूपमा प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्