Logo
Logo

माग पूरा भए ओलीलाई समर्थन गर्ने मनस्थितिमा जसपा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । सत्ता समीकरण र आफ्ना मागका बारेमा प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा रहेका अध्यक्ष ठाकुरले मंगलबार दुई घण्टा छलफल गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका चार नेता सहभागी भएको भोलिपल्ट अर्थात् मंगलबार अध्यक्ष महन्थले चार शीर्षनेतासहित प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका हुन् । छलफलमा ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए ।

प्रधानमन्त्रीसँगको भेटबारे सांसद कर्णले भने, ‘मधेश र थरुहट आन्दोलनका क्रममा जसपा नेतामाथि लागेको मुद्दा फिर्ता लिनेबारे छलफल भयो । प्रधानमन्त्रीले २÷४ दिनभित्रै सबै काम हुन्छ भन्नुभयो। अन्य कुनै सहमति भएको छैन। ’

यता, प्रधानमन्त्री ओलीले जसपासँग २४ प्रकृतिमा २ सय ८ जना बिरूद्ध लागेको मुद्धालाई मन्त्रीपरिषदवाट फिर्ता लिने,राजबन्दी रिहाईका लागि पहल गर्ने, संविधान संसोधनका लागि पुनरावलोकन आयोग बनाउने विषयमा सहमति भइसकेको बुझिएको छ ।

यस्तै, लाल आयोगको प्रतिवेदनलाई संक्षेपीकरण गरी सार्वजनिक गर्ने पनि सहमति भएको बुझिएको छ । नेता कर्णका अनुसार यदि २/४ दिनभित्रै माग पूरा भए ओली सरकारलाई समर्थन गरेर जान सकिने अवस्था बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्