Logo
Logo

संसद अधिवेशन अन्त्य निरंकुश कदम भएको माओवादीको ठहर


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको जनाएको छ ।

पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्वभाविक ढंगले हठातमा संसद अधिवेशन अन्त्य भएकोमा पार्टीले भत्र्सना गरेको बताएका हुन् ।

उनले भने, ‘अस्वभाविक ढंगले हठातमा संसद अधिवेशन अन्त्य भएकोमा भत्र्सना गर्दछौँ । यो अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो ।

यदि संसद विघटन भएर मुलुक चुनावमा गए वैधानिक रुपमा हुने चुनावको पक्षमा आफूहरु रहेको बताए । उनले भने, ‘तर खतरा के छ भने चुनावको मिति घोषणा हुने, चुनाव नहुने हो कि ?’ उनले भने ।

ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको प्रसंग उठाउँदै उनले भने ‘दुई प्रकारको चुनाव हुन्छ । संविधान अन्तर्गतको चुनाव र लोकतन्त्रको अभ्यास अन्तर्गतको चुनाव ।

त्यस्तो चुनावको पक्षमा हामी हुन्छौँ । संविधान विरुद्ध र लोकतन्त्रलाई कमजोर पार्ने खालको चुनावको पक्षमा हामी हुँदैनौँ । त्यसो भएकाले ६/६ महिनामा चुनाव गर्यो भन्दैमा आहा लोकतन्त्र भन्दै रमाउनु त ?’ उनले भने ।

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले जनचेतना जागरण गर्न पार्टीको सिंगो पंतिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्