देउवासँग माधव-झलनाथको छलफल « Drishti News – Nepalese News Portal
Logo

देउवासँग माधव-झलनाथको छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

मंगलबार अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि पूर्व प्रधानमन्त्रीद्वय माधव–झलनाथ कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गर्न देउवा निवास गएका हुन् ।

नेकपा एमालेले सांसद सदस्यबाट समेत कारवाही गर्ने प्रक्रिया अघि बढाएकै दिन पूर्व प्रधानमन्त्रीद्वय माधव–झलनाथ देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माधव पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरिसकेको छ । बैठकले यदि कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने पनि निर्णय गरेको छ ।

नेपाल समूहमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्