Logo
Logo

न्यायाधीश चुडाल र सुवेदीबाट शपथ


दृष्टि संवाददाता


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई संघीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सोमबार न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्