Logo
Logo

योगेश भट्टराईले गरे ओलीसँग छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा(एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बुधबार बालुवाटार पुगेर उनले ओलीलाई भेटेका हुन् ।


पार्टीलाई फुटबाट जोगाउन आफुले ओलीलाई भेटेको भट्टराईले बताएका छन् । भेटमा आफुलाई एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्न आग्रह गरेको उनले बताए ।

भेटमा योगेशले नेताहरुमाथिको कारबाही फिर्ता लिएर एकतालाई कायम राख्न प्रस्ताव गरेका थिए । जवाफमा ओलीले आफु निर्णयबाट पछि नहट्ने बताएको स्रोत बताउँछ ।

सर्वाेच्चको फैसलाले नेकपाको एकता बदर भएर एमाले र माओवादी केन्द्र ब्युँतीएपछि ओलीले माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गरेर जिम्मेवारी खोसेका छन् । साविकको एमालेको प्रचार विभाग प्रमुख रहेका भट्टराईको पनि जिम्मेवारी ओलीले खोसेका थिए । समानान्तर गतिवधि गरेको भन्दै सांसदलहरुलाई ओलीले कारबाहीको तयारी गरेका छन् । पार्टी फुटको संघारमा पुगेपछि भट्टराईले एकता जोगाउन पहल थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्