Logo
Logo

छोरीलाई लोक सेवा पास गराउने कर्मचारी अख्तियारको फन्दामा


दृष्टि संवाददाता


काठमाडौं । लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरका शाखा अधिकृत मिम बहादुर शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।


तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको आयोगले जनाएको छ । उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएकोले निज मिम बहादुर शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
लोक सेवाले सो तथ्य पत्ता लगाई यसअघि नै शाहीलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्