Logo
Logo

ओली र नेपालको भेट जारी रहँदा विष्णु पौडेल बाहिरिए


दृष्टि संवाददाता


काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहँदा नेता विष्णु पौडेल बाहिरिएका छन् । नक्सालस्थित होटल मेरियटमा जारी भेटमा नेता पौडेल पाँच मिनेट बसेर बाहिरिएका हुन् ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल म्यारिटमा छलफल भएको हो । यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

बुधबार नेपाल समूहका सांसद एवं नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो । उनलाई नेपाल समूहले दूतका रूपमा पठाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्