Logo
Logo

अविश्वासको प्रस्तावमा हस्ताक्षर दुरुपयोग गरिएको जसपा सांसदको खुलासा


दृष्टि संवाददाता


काठमाडाैं । लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सन्तोष पाण्डेले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर सरकारविरुद्ध अविश्वासको प्रस्तावको रूपमा प्रयोग गरिएको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले लुम्बिनी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षरलाई दुरुपयोग गरिएको बताएका हुन् ।

‘कुनै फरक प्रसङ्गमा भएको हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ । प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानकारी गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।

अविश्वासको प्रस्ताव दर्ता अगाडि नै पार्टीको संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको सांसद पाण्डेले दाबी गरेका छन् ।

सोमवार प्रदेश सभामा प्रतिनिधित्व गर्ने जसपाका ६ मध्ये ४ सांसद मन्त्री भएका थिए । जसमध्ये ३ जनाले प्रदेश सरकारविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्