Logo
Logo

दमकका विद्यालय एक साताका लागि बन्द


दृष्टि संवाददाता


दमक । कोभिड– १९ को सङ्क्रमण फैलिनसक्ने भन्दै झापाको दमकका विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट समितिले जिल्लाको दमक, बिर्तामोड र काँकडभिट्टाका विद्यालय एक साताका लागि बन्द गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा बसेको बैठकले ती स्थानमा वैकल्पिक माध्यमबाट पढाइ गर्न निर्देशन दिएको जनाइएको छ ।

यसैबीच दमकमा स्थानीय सरकारले यही वैशाख १४ सम्म विद्यालय नखोल्न निर्देशन गरिएको नगरपालिकाका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

उनले सूचना निकालेर पछिल्लो समय नयाँ प्रकृतिको कोरोना भाइरसको असर स्थानीय क्षेत्रमा पर्नसक्ने जोखिम देखिएकाले त्यसका लागि सावधानीस्वरुप तत्काल दमकका विद्यालयको नियमित पठनपाठन कार्य बन्द गरी वैकल्पिक विधिबाट शिक्षण कार्य गर्न निर्णय गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्