Logo
Logo

ओली र नेपालबीचको भेटवार्ता सकियो, के भयो कुराकानी ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । झण्डै  दुई घण्टा लामो छलफलपछि अध्यक्ष ओली र नेता नेपाल बाहिरिएका हुन् ।

भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल म्यारिटमा छलफल भएको हो । यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

बुधबार नेपाल समूहका सांसद एवं नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो । उनलाई नेपाल समूहले दूतका रूपमा पठाएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्