Logo
Logo

जब ओली र नेपाल हाँस्दै बाहिर निस्किए…


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नक्सालस्थित होटल मेरियटमा यि दुई नेता चैत २ पछि पहिलोपटक आम्नेसाम्ने भएका हुन् ।

झण्डै दुई घण्टा लामो छलफलमा खास कुरो के भयो भनेर आइनसके पनि दुई नेताको मुद्राले भने छलफल सकरात्मक भएको अपेक्षा गरिएको छ ।

छलफलपछि होटलबाट बाहिरिँदै गर्दा नेता नेपालले तत्काल केही नबोल्ने प्रतिक्रिया दिएपनि दुई नेताको हाउभाउले भने विवाद समाधान गर्ने दिशा उन्मुख भएको छ ।  दुवै नेता बैठकस्थलबाट प्रफुल्ल मुद्रामा बाहिरिएका थिए ।

प्रधानमन्त्री समेत रहेका ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए । सञ्चारकर्मीसँग कुरा गर्दै दुगडले दुवै नेता प्रफुल्ल भएको र छलफल सकरात्मक भएको प्रतिक्रिया दिए ।

दुई नेताबीचको भेटलाई पार्टी पंक्तिले पनि खुलेरै प्रशंसा गरेका छन् । र, हाल पार्टीभित्र देखिएको विवादका लागि यो भेट ‘आइस ब्रेक हुने अपेक्षा नेताहरूले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्