Logo
Logo

महन्थ ठाकुरले भने-जसपा विभाजन हुँदैन


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दावी गरेका छन् ।

बिहीबार आफू निकट सांसदसँग छलफल गर्दै जसपा अध्यक्ष ठाकुरले आफू पार्टीलाई एकताबद्ध पार्न लागिपरेको बताउँदै आफू निकट सांसदसँगको छलफलमा उनले पार्टी विभाजन नहुने भएकाले ढुक्क रहन आग्रह गरेका हुन् ।

सांसदहरूले बाहिर पार्टी विभाजनको हल्ला चलेकोले पार्टीको अवस्था के हो भनेर ठाकुरसँग जिज्ञासा राखेका थिए । उनीहरूले लुम्बिनी प्रदेशमा देखिएको विवादबारे समेत ठाकुरसँग जवाफ मागेका थिए । ठाकुरले प्रदेशमा कुनै किसिमको विवाद नभएको भन्दै आश्वासन दिएका थिए ।

यस्तै, सरकारमा जाने विषयमा कुनै निर्णय नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको र आफ्ना नेता÷कार्यकर्ताको रिहाइको विषयमा छलफल मात्र भएको समेत सांसदलाई ठाकुरले बताएका थिए ।

ठाकुरले आफू निकट सांसदसँग छलफल गरेपछि अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई सशंकित बनेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्