Logo
Logo

मन्त्रिपरिषद बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि मात्रै बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक नियमित भएको बताएका छन् । यद्यपी, कोरोना भाइरसको संक्रमण बढीरहेको सन्दर्भमा सरकारले थप केही निर्णय लिने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको संक्रमणले अवस्था भयावह उन्मुख भइरहँदा सरकारको तर्फबाट जोखिम न्यूनिकरण र संक्रमितको संख्या निरन्तर बढीरहे त्यसलाई थेग्न सक्ने उपायका बारेमा समेत छलफल हुने बताइएको छ ।

जनस्वास्थ्यविज्ञले सरकारबाट विभिन्न क्षेत्र वैशाखभर प्रतिबन्ध लगाएपनि त्यसको कार्यान्वयन नभएको र निर्देशनको अवज्ञा भइरहेकाले स्पष्ट नीति लिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्