Logo
Logo

राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ गते, दोहोरिएलान् बादल ?


दृष्टि संवाददाता


काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रिसभा सदस्यका लागि निर्वाचन मिति घोषणा गरेको छ । नेकपा माओवादीको सिफारिसमा गृहमन्त्री रामबहादुर थापा (बादल) को सांसद पद खारेज भएसँगै उक्त पद खाली भएपनि उपनिर्वाचन गर्न लागिएको हो ।


राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार ६ महिना पदावधि कायमै रहेको अवस्थामा कुनै कारणबस पद रिक्त हुने पुगेमा उक्त स्थानमा पदपूर्तिका लागि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
नेपाल सरकारको बैशाख ६ गतेको निर्णयअनुसार आयोगले जेठ ६ गेतका लागि निर्वाचन मिति घोषणा गरेको छ । सो निर्वाचनमा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मत हाल्दछन् । उपनिर्वाचनमा बादललाई नै उठाउने कि अन्यलाई भन्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्