Logo
Logo

जनकपुर पुगेका माधव नेपाललाई माओवादी नेताको स्वागत


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल सकाएर जनकपुर पुगेका छन् । बिहीबार अपराह्न नक्सालस्थित होटल मेरियटमा भेटेर नेता नेपाल जनकपुर पुगेका हुन् ।

यदुवंश झा नातीको ब्रतबन्ध र मोडल क्याम्पस जनकपुरका संचालक वीरेन्द्र साहको छोराको विवाहमा सहभागी हुन जनकपुरधाम पुगेका नेता नेपाललाई एमालेसंगै माओवादी नेताले विमानस्थलमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा र रामकुमार शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थल पुगेका थिए । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले बिहीबारको अध्यक्ष ओलीसंगको भेटमा केहि सहमति नभएको बताए । उनले भने, ‘अब कसरी अगाडि बढ्नेबारे पछि भन्छु ।’

प्रतिक्रिया दिनुहोस्