Logo
Logo

ओली र वामदेवबीच ‘डिनर मिटिङ’


दृष्टि संवाददाता


काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग भेटेका छन् । प्रधानमन्त्री निवासमा दुई नेताबीच करिब आधा धन्टा लामो छलफल भएको हो ।


निवासमा दुवै नेताले सगँै खाना समेत खाएका थिए । एमालेको एकता जोगाउन उनले वामदेवलाई भेटेका हुन् । वामदेवले एमालेको ओली तथा माधव नेपाल दुवै पक्षमा छैनन् । सो भेटमा एमालेका सचेतक बिशाल भट्टराई पनि सहभागी थिए ।

ओलीले बिहीबार नै नेता माधव कुमार नेपालसँग मेरियट होटलमा छलफल गरेका थिए । जून छलफल सकारात्मक हुन सकेन । एमाले फुटको डिलमा पुगेपछि ओली केही लचिलो देखिएका छन् । आफ्नो आलोचना गर्ने नेताहरुलाई कारबाही थालेपछि एमालेको एकता संकटमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्