Logo
Logo

माधव नेपाल पक्षलाई स्थायी कमिटीबाट पनि हटाइयो


दृष्टि संवाददाता


काठमाडौं। पार्टी विभाजन रोक्न पहल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकले स्थायी कमिटी हेरफेर गरकेो हो ।


बैठकले वामदेव गौतमलाई स्थायी कमिटीमा राखेको छ भने नेपाल पक्षका सबैलाई हटाइएको छ । नयाँ स्थायी समितिमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, . विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल,८. प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल। विष्णु रिमाल। छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कडेंल र मणि थापालाई राखिएको छ ।

नेता माधव नेपाल, झलनाथ खनाल, भिम रावल, घनश्याम भुषाल मात्र होइन योगेश भट्टराई लगायत अन्य नेतालाई समेत स्थायी कमिटीबाट हटाइएको छ । यसले एमालेको तिक्तता झन् बढ्ने देखिएको छ।

नयाँ स्थायी कमिटीमा महिलाको संख्या शुन्य छ । ओलीले थप सदस्य थपिने जानकारी गराएका छन् । बैठकमा ओलीले नेता नेपालको आलोचना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्