Logo
Logo

एकै व्यक्तिबाट दुई अर्ब १९ करोड कर छली, व्यापारी गुप्तासहित १६ विरुद्ध मुद्दा दायर


दृष्टि संवाददाता


काठमाडौं । एकै व्यापारीले विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर दुई अर्ब भन्दा धेरै कर छली गरेको खुलेको छ । अनिल कुमार गुप्ता र प्रवीण कुमार महतोले यसरी कर छली गरेका हुन् ।

उनीहरूसहित १६ जनाविरुद्ध २ अर्ब १९ करोड ८७ लाख ८५ हजार रुपैयाँ बिगो कायम गरी राजश्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरुले एक अर्ब ५८ करोड आयकर तथा ६४ करोड ५० लाख मुल्य अभिबृद्धि कर(भ्याट) छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । सबै जनालाई फरार बनाएर विभागले मुद्दा दायर गरेको छ। कतिपय गरिब व्यक्तिको नाममा समेत कम्पनी खोलेर उनीहरुले कर छली गरेका हुन् ।

यस्तो छ विभागको प्रेस बिज्ञप्तीः 

 

 

 

प्राप्त सवै सवुद प्रमाणबाट अनिल गुप्ता एण्ड एशोसियटस (स्था.ले.नं. 300274754) का प्रोपराइटरअनिलकुमार गुप्ता एवं अंकुश ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं.602922164) का प्रोपराइटर प्रविण कुमार महतोसमेत 13 फर्मx?sf प्रोपराईटर गरी १६ जना प्रतिवादीहरुले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुट्टा बिक्री बीजक जारी गरी उक्त फर्महरुबाट कर बीजक बमोजिमको रकम भुक्तानी लिईसो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूरगरेको ।प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कायम भएको मु.अ.कर तर्फ रु.64,50,97,872.– र आयकर तर्फ रु.1,55,36,97,742.– समेत कूल जम्मा विगो रु.2,19,87,95,614. (अक्षरेपी दुइ अर्व उन्नाइस करोड सतासी लाख पन्चानब्बे हजार छ सय चौध मात्र)राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले सर्लाही स्थायी ठेगाना भई हाल जि. ललितपुर ल.म.न.पा. वडा नं. 18 नख्खु बस्नेअनिल गुप्ता एण्ड एशोसियटस (स्था.ले.नं. 300274754) का प्रोपराइटर अनिल कुमार गुप्ता,सर्लाही स्थायी ठेगाना भई का.जि. का.म.न.पा वडा नं. 14 कुलेश्वरमा रहेको अंकुश ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं.602922164) का प्रोपराइटर प्रविण कुमार महतो, जिल्ला पर्सा स्थायी ठेगाना भई जि. काठमाडौं, का.म.न.पा. वडा नं.10 थापागाउँमा कारोबारस्थल देखाएको सन्ध्या ट्रेडर्स (स्था.ले.नं.600651512) का प्रोप्राइटर अभिमन महतो कोइरी, जिल्ला बारास्थायी ठेगाना भई जि. काठमाडौंका.म.न.पा. वडा नं. 3 बसुन्धरामा कारोबारस्थल देखाएको लक्की ट्रेड लिंक(स्था.ले.नं.604922665) का प्रोप्राइटर अकली हजरा दुसाद,जिल्ला बारा स्थायी ठेगाना भई जि. काठमाडौं का.म.न.पा.वडा नं.06 मा कारोबारस्थल देखाएको मुअन ट्रेडिङ्ग कन्सर्न (स्था.ले.नं. 605444102) का प्रोप्राइटर मुअन महरा, जिल्ला पर्सा स्थायी ठेगाना भई जि. काठमाडौंका.म.न.पा. वडा नम्बर -13 कालीमाटीमा कारोबारस्थल देखाएको दिब्या ईन्टरप्राइजेज(स्था.ले.नं. 602928030) का प्रोपराइटर रामचन्द्र माझी,जिल्ला बारा स्थायी ठेगाना भई जि. काठमाडौं, का.म.न.पा. वडा नम्बर -3 बसुन्धरामा कारोबारस्थल देखाएको निकी के ट्रेडर्स(स्था.ले.नं. 604922366)का प्रोपराइटर भुलावन महरा चमार,जिल्ला पर्सा,बिरगंज महानगरपालिका वडा नम्बर -13स्थायी ठेगाना भई जि. काठमाडौंतारकेश्वर नगरपालिका वडा नम्बर -10 मा कारोबारस्थल देखाएको एन के डी ट्रेडर्स(स्था.ले.नं.603379242) का प्रोपराइटर दिपक कुमार कायस्थ, जिल्ला बारा, परवानीपुर गाउँपालीकालिपनमाल स्थायी ठेगाना भई जि. काठमाडौंनागार्जुन नगरपालिका वडा नम्बर-4 सितापाइलामा कारोबारस्थल देखाएको जि.एन. ट्रेडर्स(स्था.ले.नं. 600481711) का प्रोपाईटर ओकिल देवान,जिल्ला काठमाडौचन्द्रागिरी नगरपालिका वडा नम्बर- 15 तिनथाना ढुंगेअड्डा स्थायी ठेगाना भईकाठमाडौं महानगरपालिका वडा नम्बर -14 कलंकीमा कारोबारस्थल देखाएका सुवर्ण ट्रेड लिंक (स्था.ले.नं.६०3048566) का प्रोप्राइटर सरोज श्रेष्ठ,जिल्ला काठमाडौं,का.म.न.पा वडा नम्बर -24 रंजनागल्ली स्थायी ठेगाना भई जि. काठमाडौं, का.म.न.पा.वडा नम्बर -17 खुसिबुमा कारोबारस्थल देखाएकोसंजय इन्टरनेशनल इन्टरप्राइजेज (स्था.ले.नं. 610533631) का प्रोप्राइटर संजय श्रेष्ठ, जिल्ला सर्लाही स्थायी ठेगाना भई जि. काठमाडौंका.म.न.पा. वडा नम्बर -14 कुलेश्वरमा कारोबारस्थल देखाएकोअंशु ट्रेड लिंक (स्था.ले.नं.600253101)का प्रोप्राइटर बाणेश्वर महतो,जिल्ला उदयपुर स्थायी ठेगाना भई जि. काठमाडौंका.म.न.पा वडा नम्बर -23 ओमबहालमा कारोबारस्थल देखाएकोकोमल ट्रेड लिंक (स्था.ले.नं. 610704927) का प्रोप्राइटर सरोज ढकाल, स्थायी ठेगाना भई जि. काठमाडौं, का.म.न.पा.वडा नम्बर -9 पुरानोबानेश्वरमा कारोबारस्थल देखाएकापि.एन. आर  इन्टरप्राइजेज(स्था.ले.नं. 609189610) का प्रोप्राइटर राधेश्याम प्रसाद साह तेली, का.जि. का.म.न.पा. वडा नं. 24 वटुबहाल स्थायी ठेगाना भई चन्द्रागिरी न.पा. वडा नं. 15 ढुंगेअड्डा बस्ने का.जि., का.म.न.पा.वडा नम्बर -13 कालिमाटीमा कारोबारस्थल देखाएकाआयान टेड्र लिंक (स्था.ले.नं.608683344)का प्रोपराइटर रत्न गोपाल श्रेष्ठ रजिल्ला सर्लाही स्थायी ठेगाना भई हाल जि. ललितपुर, ल.म.न.पा. वडा नं. 18, नख्खु निवासीचल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि कायम गरिएका प्रतिवादीअञ्जु गुप्तासमेतलाईउल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३  बमोजिम विगो रकम रु.2,19,87,95,614. (अक्षरेपी  दुइ अर्व उन्नाइस करोड सतासी लाख पन्चानब्बे हजार छ सय चौध मात्र)असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई मिति 207८-0१-10 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको।

 

प्रतिक्रिया दिनुहोस्