Logo
Logo

राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेले बादललाई नै उठाउने


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा (एमाले)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उठाउने भएको छ । शुक्रबारको बालुवाटारको बैठटकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त पदमा बादललाई नै उम्मेदवार बनाउने बताएका हुन् ।


पार्टी परित्याग गरी एमालेमा गएपछि बादललाई माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट हटाएको थियो । निर्वाचन आयोगले आगामी ६ जेठमा उपनिर्वाचन गराउँदैछ । जसमा बागमतीका प्रदेश सांसद तथा महानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

निर्वाचनमा एमालेका जनप्रतिनिधिले फ्लोर क्रस नगरेमा एमालेकै उम्मेदवारले जित्ने अवस्था छ । तर, मतदान गोप्य हुने भएकाले माधव नेपाल पक्षका प्रदेश सांसद तथा जनप्रतिनिधिले कसलाई भोट हाल्छन् भन्ने प्रष्ट छैन । एमालेका उम्मेदवारविरुद्ध अन्य पार्टीले साझा उम्मेदवार बनाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्