Logo
Logo

शेरबहादुर तामाङलाई कार्यालय सचिवको जिम्मेवारी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल (एमाले)ले कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई दिएको छ । बागमती प्रदेशका सह इन्चार्ज समेत तामाङलाई शुक्रबारको बैठकले जिम्मेवारी तोकेको हो ।

शेरबहादुर तामाङ, प्रतिनिधिसभा सदस्य तथा पूर्वकानुनमन्त्री

नेकपाको विवादको बेला तामाङ माधव नेपाल समूह छाडेर केपी ओलीतिर लागेका थिए । कानुनमन्त्री हुँदा बंगलादेशमा अध्ययनरत नेपाली छात्रामाथि असभ्य टिप्पणी गरेको अभियोगमा उनलाई मन्त्री पदबाट हटाइएको थियो ।
यसअघि एमालेको कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठ थिए । हाल उनी शिक्षामन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्