Logo
Logo

कोरोनाका कारण हेटौंडामा जोरबिजोर प्रणाली लागू


दृष्टि संवाददाता



मकवानपुर । कोरोना भाइरस संक्रमण बढेपछि हेटौंडामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुले आइतबारदेखि लागु हुने गरी जोरबिजोर प्रणालीको नियम सुरु गरेको हो ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले हेटौंडामा कोरोना महामारी फैलिँदै गएको अवस्थामा पनि भीडभाड नघटेकाले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको छ ।

भीडभाड नगर्न र अनिवार्य मास्क लगाउन नागरिकलाई गरेको आग्रह कार्यान्वयनमा नआएपछि सवारीसाधनमा जोरबिजोर प्रणाल लागू गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले जानकारी दिए ।

‘कोरोना संक्रमित बढेसँगै महामारी ह्वातै बढेपछि हेटौंडामा कडाई गर्नुपर्ने अवस्था सिर्जना भएकाले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हौं ।’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गर्तौलाले बैठकले वैशाख मसान्तसम्म प्यार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज स्थल बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्