Logo
Logo

योगेश भट्टराई र रामकुमारी झाँक्रीसहित ५ नेताले बुझाएनन् स्पष्टीकरण


दृष्टि संवाददाता



काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराई र रामकुमारी झाँक्रीसहित ५ जनाले पार्टीले सोधेको स्पष्टीकरण नबुझाएको पाइएको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा भट्टराई र झाँक्रीसहित पाँच नेताले स्पष्टीकरण नबुझाएको जानकारी दिइएको हो ।

वैशाख ६ गते बसेको बैठकले माधव–झलनाथ समूहका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिनभित्र र अरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो ।

तर, स्पष्टीकरण नबुझाउनेमा भट्टराई, झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्ट रहेको एमाले संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले जानकरी दिए । स्पष्टीकरण नबुझाए कारवाही प्रक्रिया अघि बढ्ने समेत भट्टराईले बताए ।

स्पष्टीकरण दिएकामध्ये गणेश पहाडी र हिरा केसीले पार्टीको मुलधारमै लाग्ने प्रतिवद्धता जनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्