Logo
Logo

युवा संघ नेपालको पदाधिकारी बैठकले गर्‍यो जिम्मेवारी बाँडफाँट


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँट गरेकोे छ । शुक्रबार जारी संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले युवा संघको केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो ।

संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको छ । सदस्यमा वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि के.सी., उपाध्यक्ष नितेश पौडेल, महासचिव दीपक जि.एम., उपमहासचविहरु सञ्जिप राई, रोशन थापा, अशोककुमार दाहाल, निर्भिक खनाल, सचिव नरेश गिरी र कोषाध्यक्ष दिपक दुवाडी छन् ।

यसैगरी बैठकले संघको पुर्व उपाध्यक्ष हस्तबहादुर शाही संयोजक र संघका पुर्व सचिव सुरेन्द्रमान कार्की सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति गठन भएको युवा संघका प्रचार बिभाग प्रमुख संजिप राईले बताए ।

यसैगरी प्रदेश १ को इन्चार्जमा मुना शर्मा, सहइन्चार्जमा गौरिमान परियार, नरेन्द्र बस्नेत, संयोजकमा प्रत्युस राना, सचिवमा सन्दीप राई, प्रदेश २ को इन्चार्जमा निरन्जन झा, सहइन्चार्जमा अरुण यादव, संयोजकमा अर्जुन सिंह, सचिव दिग्म्बर पाठकलाई जिम्मेवारी दिईएको छ ।

वागमती प्रदेशको इन्चार्जमा रोशन थापा, सहइन्चार्जमा मिन श्रेष्ठ, संयोजकमा फुर्वा लामा, गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सहइन्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे, लुम्बिनी प्रदेशमा इन्चार्ज सरिता श्रीस, सहइन्चार्जमा हिमाल थापा, संयोजकमा किशोर थापा, सचिवमा किरण नेपाल छन् ।

कर्णाली प्रदेशमा इन्चार्जमा खडक शाही, सहइन्चार्जमा आदीप्रसाद न्यौपाने, मन्जु रावल, संयोजकमा अनिल बोगटी, सुदुरपश्चिम प्रदेशमा इन्चार्ज प्रकाश रोकाय, सहइन्चार्जमा मदन गिरी, संयोजक बाबुराजा श्रेष्ठ, सचिवमा मोहन साउद र गैरभौगोलीक प्रदेशमा इन्चार्ज अशोक दाहाल र संयोजकमा विकास ज्ञवाली छन् ।

संगठन विभागको प्रमुखमा नितेश पौडेल, स्कुल बिभाग प्रमुखमा कृष्णहरी केसी, प्रचार बिभाग प्रमुखमा संजिप राई, आर्थिक बिभाग प्रमुखमा दिपक दवाडी, कार्यालय बिभाग प्रमुखमा नरेश गिरी, महिला बिभाग प्रमुखमा प्रेमा लामा, बिदेश बिभाग प्रमुखमा निर्भिक खनाल, प्रकाशन विभाग प्रमुखमा लक्ष्मण घिमिरे सहित बिभिन्न ३५ बिभागका प्रमुख तोकिएको संघका प्रचार बिभाग प्रमुख राईले बताए ।

यसैगरी स्थायी कमिटीमा ९६ सदस्यीय र सचिवालय २१४ सदस्यीय बनाईएको छ । जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी समेत बाँडफाँट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्