Logo
Logo

माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए ।

शुक्रबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि, विहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एव्ं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिनर मिटिङ गरेका नेता गौतम ओलीसँग बिच्किएर नेता नेपाल निकट पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँग भएका दुबै नेताका छलफल सकारात्मक नभएपछि शुक्रबार साँझ भएको नेपाल –गौतम वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्