Logo
Logo

त्रिकोणात्मक टि-२० सिरिज : कुशलको चौथो अर्धशतक पूरा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले ४३ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाएका हुन् ।

सिरिजको फाइलन खेल खेलिरहेका कुशलको यो चौथो खेलमा अर्धशतक हो । उनले सिरिजका तीन खेलमा अर्धशतक प्रहार गरिसकेका छन् । लले नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका कुशलले मलेसियाविरुद्ध ६१ रन बनाए भने उनले पुनः नेदरल्यान्ड्सविरुद्धको खेलमा ६२ रन बनाएका थिए ।

भुर्तेल नेपालबाट एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने भने पहिलो खेलाडी हुन् । कुशल नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने टि२० आईमा दोस्रो खेलाडी हुन् । पारसले टि२० आईमा ५ अर्धशतक प्रहार गरेका छन् ।

पालले यसअघि दुई विकेट गुमाएको थियो । ९ ओभर ३ बलमा ज्ञानेन्द्र ३३ रन बनाएर आउट भए । उनले १९ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे । ज्ञानेद्रलाई फिलिपे बोइसरिनले क्याच आउट गराएका हुन् । फिलिपेको बलमा पिटर सेलरले क्याच आउट गराए ।

तेस्रो ओभरको दोस्रो बलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनरमा आएका आसिफ शेख १६ रन बनाएर आउट भए । उनले ८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्