Logo
Logo

धरहरा ढलेर निधन भएका ६० परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा गरेका छन् ।

छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनको प्रतिबद्धता गरे ।

‘विसं २०७८ मा राजधानीका सडकलाई सहयोगापेक्षी, बालबालिका र भिखारीमुक्त हुने गरी स्थापित गर्न लागिएको छ, अब कोही अलपत्र हुन्न, सरकारले अभिभावकत्व लिन्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्