Logo
Logo

खोटाङमा बस दुर्घटना : एकको मृत्यु, २२ जना घाइते


दृष्टि संवाददाता


खोटाङ । खोटाङको तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शनका लागि आएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ।

हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा भएको थियो । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए । घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्