Logo
Logo

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न हुँदैन : प्रदीप पौडेल


दृष्टि संवाददाता


बुटवल । नेपाली कांग्रेसमा केन्द्रिय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताएका छन् ।

लुम्बिनी प्रदेश कार्यलयले बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले ओलीलाई ‘श्री ३ जंगबहादुर’ बन्ने खोजेको आरोप पनि लगाए ।

नेता पौडेलले ओली पूर्णरुपमा असफल भएको पनि बताए । उनले ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरु समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेहरुलाई मात्र खुसी पारेको आरोप लगाए ।

पौडेलले ओलीमा अहंकार, दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने,मुलुकको संरचनाहरु सबै कब्जा हुने समेत जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादीका नेता बामदेब क्षेत्रीले ओली दुई जिब्रे भएको तर्क गरे गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्