Logo
Logo

नेपाल सुपर लिग : काठमाडौंको सुखद सुरुवात


दृष्टि संवाददाता


काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ६६ औं मिनेटमा मेसौके ओलुमोउले गरेको गोल नै निर्णायक गोल बन्यो ।

दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न सकेनन् । मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गरेका छन् । ललितपुरको कप्तानी अन्जन विष्टले गरेका छन् भने प्रशिक्षक प्रदिप हुमागाई हुन् ।

घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ । कोरोनाका कारण दर्शक भने उपस्थित हुने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्