Logo
Logo

स्वतन्त्र हङकङका पक्षधर सनलाई १२ वर्षको जेल सजाय


दृष्टि संवाददाता


एजेन्सी । हङकङको उच्च अदालतले स्वतन्त्र हङकङका पक्षधर २९ वर्षका लुइस लो यात–सनलाई १२ वर्षको जेल सजाय सुनाएको छ ।

२०१९ मा सरकारविरुद्ध देशव्यापी आन्दोलन हुँदा यात–सनले बम बिस्फोट गराएको ठहर गर्दै अदालतले उनलाई १२ वर्षको जेल सजय सुनाएको हो ।  हङकङको सुरक्षा कानून अन्तर्गत यति कडा सजाय पाउने यात–सन पहिलो व्यक्ति हुन् ।

उनले हङकङका नागरिकमा डर उत्पन्न गराएको र देशविरुद्ध युद्ध निम्त्याउने कार्य गरेको आरोप लगाइएको छ । उच्च अदालतका न्यायाधिशले यात–सनको अपराधलाई सन् १९९७ को घटनासँग मिल्दोजुल्दो भएको बताएका छन् ।

हङकङमा सन् २०१९ मा सुपुर्दगी विधेयकको विरोध गर्दै देशव्यापी आन्दोलन सुरुवात भएको थियो । विधेयकका कानुन बनेको खण्डमा हङकङका अपराधीलाई मुख्यक्षेत्र चीन लान सकिन्थ्यो । तर त्यहाँका नागरिकले हङकङको स्वतन्त्रता गुम्नेभन्दै चीनको विरोध गरेका थिए ।

चिनियाँ झण्डा जलाइएको थियो भने स्वतन्त्र हङकङका नारा लगाइएको थियो । तर सन् २०२० मा चीनले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएको छ । यो कानुनअनुसार चिनिया झण्डा, चीन सरकार र चीनको राष्ट्रिय गानलाई अबहेलना गरिए त्यस्ता मानिसलाई अपराधी करार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्