Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : लकडाउनबारे छलफलदेखि क्रिकेटमा नेपालको कीर्तिमानी जितसम्म


दृष्टि संवाददाता


१. भयावह रुप लिँदै कोरोना : कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरले भयावह रुप लिँदै, देशका विभिन्न जिल्लाका अस्पताल संक्रमितले भरिभराउ, संक्रमितको उपचारका लागि अत्यावश्यक भेन्टिलेटरको अभाव, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको, २ हजार ६ सय १८ जना संक्रमित थपिए, यस्तै अवस्था रहे बिरामीले उपचार नै नपाउने स्थिति बन्नसक्ने चिकित्सकको चेतावनी ।

२. लकडाउनबारे छलफल : कोरोना नियन्त्रणका लागि डकडाउन गर्ने या नगर्ने भन्ने विषयामा व्यापक छलफल, स्वास्थ्य मन्त्रालय र कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कम्तिमा एक महिना लकडाउन गर्नुपर्ने पक्षमा, कोरोना संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था प्रधानमन्त्री केपीश शर्मा ओलीको धारणा ।

३. १५औँ लोकतन्त्र दिवस-शीदको सम्झना र सम्मान : बैसाख ११ अर्थात २०६२ र ६३ को ऐतिहासिक दोश्रो जनआन्दोलन पश्चात निरंकुश राजतन्त्रले घुँडा टेकेको दिन १५ औँ लोकतन्त्र दिवस, वर्तमान संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्यव्यवस्थाका लागि ज्यानको आहुति दिने शहीदको सम्झना र सम्मान, १५ औँ लोकतान्त्रीक दिवससम्म आइपुग्दा पनि लोकतन्त्र सुदृढ हुन नसकेकोमा चिन्ता, जनयुद्धमा रहेको नेकपा (माओवादी) र शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेका राजनीतिक दलबीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहासिक जनआन्दोलन हुँदा निरंकुश राजतन्त्र समाप्त भएको स्मरण ।

४. ढलेको ६ वर्षपछि उठ्यो धरहरा : २०७२ सालाको भूकम्पले ढलेको काठमाडौंको नौं तले धरहरा ६ वर्षपछि उस्तै स्वरुपमा पुनःनिर्माण, नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकृया, बैसाख ११ लाई अवसर पारेर उद्दघाटन गरिए पनि संचालनमा आउन केही महिना लाग्ने ।

५. प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको कटाक्ष : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामीलाई दुत्कारेको पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको टिप्पणी, ‘बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कार्दैछ’ भन्दै भट्टराईद्धारा कटाक्ष, परिवर्तनकामी शक्तिमाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नरहेको चेतावनी ।

६. नेपाललाई कीर्तिमानी जितसँगै उपाधि : नेदरल्याण्डसलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि चुम्यो, कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालद्धारा २३८ रनको कीर्तिमानी स्कोर प्रस्तुत, नेदरल्याण्डसमाथि १४२ रनको जित टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको कीर्तिमानी जित, नेपाली युवा खेलाडी कुशल भुर्तेल सिरिजको उत्कृष्ट खेलाडी, पाँच खेलमा चार अर्धशतकसहित कूल २७८ रन बनाएका ‘प्लेयर अफ दि सिरिज’ घोषित ।

७. कांग्रेस बैठक वैशाख १३ गते : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १३ गते दिउँसो २ बजे बस्दै, पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नयाँ सत्ता समीरकण र पार्टीको १४औँ महाधिवेशनलगायत विषयमा छलफल हुने, प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेसले सरकारको विकल्प दिन नसकेको भन्दै आन्लोचना भइरहेको बेला बस्न लागेको कांग्रेस बैठकले राजनीतिक निकासको बाटो रोज्नसक्ने अपेक्षा ।

८. नेप्से ८७ अंकले घट्दा कारोबार बढ्यो : यो साता नेप्से परिसुचक ८७ दशमलब ३३ अंकले घटे पनि कारोबार रकममा भने ९ अर्ब ४० करोड रुपैयाँले सुधार, साताको पहिलो दिन कारोबार सुरु हुनुभन्दा अघि नेप्से २ हजार ७ सय ३५ दशमलव ३१ अंक रहेकोमा अन्तिम दिन घटेर २ हजार ६ सय ४८ दशमलब शुन्य ८ अंकमा खुम्चिदा परिसुचक ८७ अंकले गिरावट, नेप्से घटे पनि ३२ अर्ब ७९ करोड ४० लाख रुपैयाँको कारोबार भएपछि सुधार, जलविद्युत् कम्पनीको सेयरमा वृद्धि ।

९. काठमाडौं रेजर्सको विजयी सुरुवात : नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सको विजयी सुरुवात, शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंको विजयी यात्रा तय, घरेलु मैदानमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता, कोरोनाका कारण दर्शक बिनै प्रतियोगीता ।

१०. स्वतन्त्र हङकङ पक्षधरलाई जेल : हङकङ उच्च अदालतले स्वतन्त्र हङकङका पक्षधर २९ वर्षका लुइस लो यात–सनलाई १२ वर्षको जेल सजाय सुनायो, सन् २०१९ मा सरकारविरुद्ध देशव्यापी आन्दोलन हुँदा विस्फोटक पदार्थहरु बनाएर नागरिकमा डर उत्पन्न गराइ देशविरुद्ध युद्ध निम्त्याउने कार्य गरेको आरोप, हङकङको सुरक्षा कानुन अन्तर्गत यति कडा सजाय पाउने यात–सन पहिलो व्यक्ति ।

 

 

प्रतिक्रिया दिनुहोस्