Logo
Logo

कांग्रेसले वर्तमान सरकारलाई निरन्तरता दिने, तत्काल अविश्वासको प्रस्ताव नल्याउने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयबाट नेपाली कांग्रेस ब्याक भएको छ ।

अविश्वास प्रस्तावको पक्षमा बहुमत नपुग्ने भएपछि तत्कालका लागि सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने भएको हो । आइतवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सम्पन्न पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले अहिलेसम्म संख्या नपुगेकाले अविश्वासको प्रस्ताव ल्याउन हतार नगर्ने निर्णय भएको बताएका हुन् ।

निधीले भने, ‘हामीले अविश्वास प्रस्ताव ल्याउनका लागि पहल गरेका हौं । तर संख्या पुगेको छैन । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ । हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’

निधिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेत माग गरेका छन् । यसैबीच, सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ मा केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्