Logo
Logo

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ता


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

जेठ ६ गते बिहीबार अन्य समूहतर्फ वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न र सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, २३ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तय भएको छ ।

यस्तै, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने र वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्