Logo
Logo
सर्वोच्चको परमादेश

भारतसँगको खुला सीमा नियन्त्रण गर्नू


दृष्टि संवाददाता


काठमाडौ– सर्वोच्च अदालतले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

आइतबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले नेपाल भारत सीमा क्षेत्रका बारेमा तत्काल कदम चाल्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले २०७३ चैत १३ गते दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले सीमाका विषयमा गम्भीर हुन सरकारको नाममा परमादेश जारी गरेको हो ।

नेपाल भारतको खुल्ला सीमा अनुगमन र नियन्त्रण गर्ने कार्यका लागि आवश्यक व्यवस्था गर्न र सीमा सुरक्षा गर्नका लागि उचित व्यवस्था गर्न समेत आदेशमा भनिएको छ ।

सर्वोच्चले हवाई मार्गसँग सडकमार्गको प्रयोग गरेर नेपाल आउनेको समेत अभिलेख राख्न सरकारलाई भनेको छ । नेपाल र भारतबीच खुला सीमा व्यवस्थापनका सम्बन्धमा कुनै पनि सन्धि सम्झौता नभएको दाबी रिटमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्