Logo
Logo

गाउँमा दुई सय र सहरमा पाँच सय संक्रमित भेटिए निषेधाज्ञा हुने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २ सय र शहरमा ५ सय जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्