Logo
Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञाकाे संकेत


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको जारी हुने संकेत देखिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेसँगै काठमाडौं लगायत ९ जिल्लामा निषेधाज्ञा जारी हुनसक्ने संकेत देखिएको हो ।

काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ । अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ ।

त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्