Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सबै परीक्षा रद्द गर्ने सरकारको निर्णयदेखि बाँके र बर्दियामा निषेधाज्ञासम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसको दोस्रो लहरले नेपालमा पनि अवस्था भयावह बनाउँदै, एकैदिन देशभर तीन हजार १ सय २२ जनामा संक्रमण पुष्टि, २४ घण्टामा २८ जनाको मृत्यु, नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पिसिआर परीक्षण नगर्न मन्त्रालयको निर्देशन ।

२. सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्ने कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निर्णय, गाउँमा दुई सय र सहरमा पाँच सय संक्रमित पुगे निषेधाज्ञा गर्न बैठकद्वारा मन्त्रिपरिषदलाई सिफारिस, लकडाउनको अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिइयो, भारतीय सिमाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन र सेनालाई आठ ठाउँमा क्वारेन्टिन सेन्टर स्थापना गर्ने जिम्मा दिन सरकारलाई सिफारिस ।

३. कोरोना दर उच्च भएसँगै बाँके र बर्दियामा एक साता निषेधाज्ञा जारी, उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय, अक्सिजनसहित अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारद्वारा भारत सरकारलाई परिपत्र, नराम्रो अवस्थाबाट भारत गुज्रिरहेकाले तत्काल आपूर्ति हुने सम्भावना न्यून ।

४. नेपाली कांग्रेसद्वारा अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने बलियो आधार नभइ सरकार विस्थापनतिर नलाग्ने निर्णय, केन्द्रीय समिति बैठकले सरकार हटाउन बहुमत संख्या पुग्ने आधार नभइ अविश्वासको प्रस्ताव दर्ता गर्न नहुने, पीसीआर परीक्षण गरेपछि मात्रै बैठक बस्ने निर्णय गर्दै केन्द्रीय कार्यसमितिको बैठक स्थगित ।

५. आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आइतबार सुनुवाई भएन, हेर्न नभ्याइनेमा राखियो ।

६. सर्वोच्च अदालतद्वारा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी, न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले नेपाल भारत सीमा क्षेत्रका बारेमा तत्काल कदम चाल्न सरकारका नाममा परमादेश, हवाई मार्गसँग सडकमार्गको प्रयोग गरेर नेपाल आउनेको समेत अभिलेख राख्न सरकारलाई निर्देशन ।

७. गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदै, अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने, अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएपछि बैठक केही दिन लम्बिने, विश्वासको प्रस्ताव उपर भने वैशाख १५ गते मतदान हुने ।

८. सेयर बजारमा केही अंकको सामान्य उतारचढाव हुनु स्वाभाविक भएपनि एकै दिन ठूलो अंकले घटबढ, आइतबारको सेयर बजारमा भने त्यस्तो आधारभूत कारणबिनै करिब ७६ अंकको ठूलो पहिरो, अधिकाँश कम्पनीको शेयर मूल्यमा गिरावट, कोरोनाको दोस्रो लहरले अर्थतन्त्र पुरै ठप्प नभए २ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रक्षेपण, कृषिका लागि जग्गाको हदबन्दी हटाउन माग, कृषिमा लागेको कम्पनीको आयमा कर छुट दिन सुझाब ।

९. घरेलु मैदानमा ११ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेको नेपालको आइसीसीको टी २० बरियतामा सुधार, १५ औं स्थानमा रहेको नेपाल १४ औं स्थानमा, नेपाल सुपर लिगान बुटवल लुम्बिनीद्वारा पोखरा २–० ले पराजित, धनगढी विराटनगरसँग तीन शुन्यले पराजित, अखिल नेपाल फुटबल संघको आयोजनामा पोखरामा हुन लागेको राष्ट्रिय फुटसल लिगको मिति सर्ने, भारतमा जारी आइपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा चेन्नईद्वारा बैंग्लोर पराजित, दिल्ली क्यापिटल्स् र सनराईज हैदराबाद भिड्दै ।

१०.र, भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्दै जांदा मृत्यु दर पनि उकालो लाग्दै, एकैदिन २७ सय ६० जनाको मृत्यु, स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ, दिल्लीमा फेरि थपियो एक साताका लागि लकडाउन, इराकको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु ।

प्रतिक्रिया दिनुहोस्