Logo
Logo
कोरोनाभइरसको त्रास

उपत्यकामा लकडाउन गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैछ ।

यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् । काठमाडौंमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले आज तीनै जिल्लाका सिडिओको बैठक बस्ने बताए ।

यसबचि काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको बुझिएको छ । आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको निर्णय गर्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको भनाई छ ।

यसअघि हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीसीएमसी) को बैठकले सरकारलाई लकडाउन गर्न सिफारिस गरेको थियो । काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पटमा बनेको सीसीएसीको ठहर छ ।

कोरोना भाइरस  (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले काठमाडौं उपत्यकामा लकडाउने गर्ने संकेत गरेको हो ।

यस्तो निर्णय गरेसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको हो । काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने निर्ण गरिसकेको छ ।

त्यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको हो । हालसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित थपिएका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषदको नियमित बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने मन्त्री ज्ञवालीले बताए ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने भनेको छ ।

सीसीएमसीले पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस समेत गरेको छ । मन्त्री ज्ञवालीका अनुसार कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्