Logo
Logo

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन विदा !


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंलगायतका सहरी क्षेत्र कोरोनाको हट स्पट बनेसँगै सरकारी कार्यलयहरूलाई सातामा दुई दिन बिदा दिन सिफारिस गरिएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले सरकारी कार्यालयमा दुई दिन विदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

सिसीएमसीले कोरोना संक्रमण रोक्नका लागि सातामा दुई दिन अर्थात शनिबार र आइतबार सरकारी कार्यलयमा विदा दिन प्रस्ताव गरेको छ ।

यस्तै सीसीएमसीले आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । यस्तै सीसीएमसीले आजदेखि सञ्चालन हुने सबै खालको परीक्षा स्थगन गर्न सिफारिस गरेको थियो । यद्यपि परीक्षा भने यथावत छ ।

सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्