Logo
Logo

कैलाली र कञ्‍चनपुरमा रात्रिकालीन लकडाउन, सवारीसाधनमा जोरबिजोर प्रणाली


दृष्टि संवाददाता


धनगढी । कैलाली र कञ्चनपुरमा सोमबारदेखि मध्यरातदेखि रात्रिकालीन लकडाउन जारी भएको छ। कैलाली र कञ्‍चनपुर दुईवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको अन्तर जिल्ला बैठकले उक्त निर्णय गरेको हो।

बैठकले रात्रिकालीन लकडाउन गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

‘कैलाली कञ्‍चनपुर दुवै जिल्लाका हकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा प्रतिबन्द लगाउने निर्णय भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ। यसलाई रात्रिकालीन लकडाउन भन्दा हुन्छ।’

रातिको समयमा हिँड्डुलमा प्रतिबन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई-तीन दिनभित्रै पूर्णरूपमा लकडाउन गर्ने निर्णय गरिनेसमेत अधिकारी रिजालले बताए।

यस्तै, बैठकले दुवै जिल्लामा भोलिदेखि सार्वजनिक सवारीसाधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, रंगशाला बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमनसमेत बन्द गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्