Logo
Logo

मन्त्रिपरिषद सुरु : निषेधाज्ञा वा लकडाउन मध्ये एक निर्णय गरिँदै


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

आइतबार बसेको कोभिड–१९ रोकथाम तथा व्यवस्थापन समिति (सीसीएमसी)ले गरेको सिफारिस र सोमबार काठमाडौंँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय अनुमोदन गर्न बैठक बसिरहेको हो ।

संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको थियो । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव थियो ।

यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको थियो ।

यस्तै, सोमबार अपराह्न मात्रै काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको कुरा बाहिर आएको थियो ।

उक्त विषयमा ठोस निर्णय लिन नसकिएपछि मन्त्रिपरिषदले नै निर्णय गर्ने भनेर प्रमुख जिल्ला अधिकारीहरूको बैठक सकिएको थियो । यि लगायतका विषयमा निर्णय गर्ने तयारी भएकाले जारी बैठक महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्