Logo
Logo

लकडाउनअघि घर फर्किन दुई दिन समय, बिहीबारबाट गाडी नचल्ने


दृष्टि संवाददाता


काठमाडौं । भयावह बन्दै गएको कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाका निषेधाज्ञा गरिने भएको छ ।

सोमबार बसेको प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकलले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन गर्ने निर्णय गरेको हो । तर, कहिलेबाट लकडाउन गर्ने भन्ने जिम्मा चाहिँ मन्त्रिपरिषद् बैठकलाई नै दिएको छ । मन्त्रिपरिषद्को बैठक आजै साँझ ५ बजे बस्दैछ ।

लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि २ दिनको समय दिइने बताए।

उनले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौँ । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसाबले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो ।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ ।  त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्